लकडाउन उल्लंघन नरोकिए कर्फ्यु लगाउन मुख्यमन्त्रीको निर्देशन

  • चैत्र १७, २०७६
  • ४५२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः कर्फ्यु लगाएर भएपनि लकडाउन प्रभावकारी बनाउन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
सोमबार मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीहरुसँगको छलफलमा मुख्यमन्त्री राईले लकडाउन तोड्ने क्रम नरोकिए कर्फ्यु लगाउनेसम्मको तयारी गर्न प्रदेशभरीका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलार्ई निर्देशन दिएको जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको लकडाउन प्रभावकारी नभएको जानकारी आएको उनले बताए । लकडाउनलाई कडाइपूर्वक कार्यान्वयनको लागि आवश्यक परे कर्फ्यु लगाउन निर्देशन दिएको बताए । छलफलमा उपस्थित मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई मुख्यमन्त्री राईले भने, ‘लकडाउन प्रभाबकारी बनाउनैपर्छ, तोड्ने क्रम नरोकिए कर्फ्यु लगाउनुहोला ।’
लकडाउन केवल बाहिर हिँड्दा मात्र लागु हुने विषय नभएको मुख्यमन्त्री राईले बताए । लकडाउनको समयअवधिभर बस्दा र सामाजिक रुपमा पनि दुरी बनाउने र अनुशासनमा बस्ने विषय हो भन्ने कुरा पनि बुझाउन जरुरी भएको भएको मुख्यमन्त्रीको भनाई थियो । मानिसहरु सडकमा नसिस्किएको भएपनि सहि रुपमा क्वारेन्टाइनको अभ्यास नगरेकोतर्फ पनि सरकारले अब ध्यान दिने उनले बताए ।
प्रदेश १ मा पछिल्लो समय भारत तथा अन्य तेस्रो मुलुकबाट धेरै व्यक्तिहरुको प्रवेश भएकोले उच्च जोखिममा रहेको भन्दै मुख्यमन्त्री राईले त्यसप्रति प्रदेश सरकार सचेत र संवेदनशिल रहेको बताए । अहिले प्रदेशमा २ हजारलाई राख्नसक्ने क्वारेन्टाइन निर्माण भएको जानकारी उनले दिए । उनले एक हजार क्वारेन्टाइका वेडहरु नेपाली सेनाको सुरक्षामा सञ्चालन गर्नेगरी व्यवस्थापन मिलाएको बताए ।
स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सुरक्षा भत्ताको प्रवन्ध गरेको, प्रदेशमै कोरोना परीक्षण गर्ने ल्याव सञ्चालनमा आएको, कारोना उपचार अस्पताल दुई दिनभित्रमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि मुख्यमन्त्री राईले दिए । उनले सुरक्षाकर्मीहरुको परिचालनका लागि १ करोड ६८ लाख रुपैयाँ रकम निकासा गरिसकेको पनि जानकारी दिए ।
अप्ठ्यारो समयमा सञ्चार क्षेत्रबाट राम्रो सहयोग भइरहेको र यतिबेला मिडिया स्वयं पनि समस्यामा रहेको विषयमा सरकारलाई जानकारी भएको मुख्यमन्त्री राईले बताए । उनँले सञ्चार क्षेत्रको समस्यामा सरकार सहयोग गर्न तत्पर रहेको भन्दै त्यस विषयमा जानकारी माग समेत गरे ।
छलफलका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले प्रदेशका २७ वटा दैनिक पत्रिकाहरु बन्द भएको, सञ्चार क्षेत्रमा पनि लकडाउनको प्रभाव परेको जानकारी दिँदै सरकारले त्यस विषयमा ध्यान दिनुपर्ने बताए । उनँले लकडाउन उल्लंघनको क्रमलाई सरकारले कडाइपूर्वक रोक्नु पर्ने सुझाव दिए ।
महासंघ प्रदेशका महासचिव विवेक गौतमले सञ्चार क्षेत्रको समस्याका बारेमा कोरोना समस्या समाधान भएपछि छलफल गर्ने भन्दै अहिले सरकारले संक्रमण रोकथामका लागि गरेका प्रयासमा सहयोग गर्नु आवश्यक रहेको बताए । उनले प्रिन्ट मिडिया बन्द भएपनि विद्युतीय र डिजिटल मिडियामार्फत सूचना प्रवाह गर्ने काम भइरहेकोले सरकारले त्यसको उपयोगमा ध्यान दिनुपर्ने सुझाव दिए ।
प्रदेश सरकारले सूचनामा एकद्वार प्रणाली लागू गर्न हरेक मन्त्रालयमा कोरोना फोकल पर्सन तोकेको र उनीहरुले हरेक दिन ४ बजे मुख्मन्त्रीको कार्यालयमा प्रतिवेदन पठाउने गरी व्यवस्था मिलाएको छ । सबै ठाउँबाट आएको सूचना प्रशोधन गरेर मुख्यमन्त्रीको कार्यालयमा रहेको सञ्चार डेस्कले सबैलाई औपचारिक सूचना प्रवाह गर्ने प्रणालीको विकास गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।
जनचेतनामूलक सूचनाहरुलाई विभिन्न माध्यमबाट प्रशारण र प्रकाशन गर्ने विषयमा सरकारले भोलिबाटै काम थाल्ने जानकारी मुख्यमन्त्री राईले दिए । उनले विपन्न र श्रमिक वर्गको पहिचान गरी उनीहरुको तथ्यांक संकलन गर्ने र राहात वितरण गर्ने काममा लाग्न सबै स्थानीय तहलाई निर्देशन गरिसकेको बताए । उनले राहात वितरण गर्ने काम स्थानीय तहको भएको भन्दै स्थानीय तहले नसकेको अवस्थामा मात्र प्रदेश र संघीय सरकारले त्यस विषयमा ध्यान दिने बताए ।
यसैबीच प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सोमबार सनराइज बैंक प्रदेश कार्यालय विराटनगरले ७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । मुख्यमन्त्री कार्यालयमा उपस्थित भएर बैंकले सो रकम हस्तान्तरण गरेको हो ।
जीवन विकास समाज मोरङका अध्यक्ष योगेन्द्र मण्डलले ५ हजार विपन्न परिवारका लागि ५० लाख मूल्य बराबरको खाद्यान्न सहयोग उपलव्ध गराउने मुख्यमन्त्री राईसमक्ष प्रतिवद्धता जनाउनुभएको छ । उहाँले प्रतिपरिवार १० किलो चामल, ५ किलो आलु, १ लिटर दूध र १ किलो नुनको दरले राहात रकम उपलव्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

एकै दिन ३२३ कोरोना स ...

इटहरी पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कुल ...

एम्बुलेन्स नहुँदा भो ...

भोजपुरः कोरोना संक्रमित पुष्टि भएको २४ घण्टा बिति सक्दा एम्बुलेन्स नपाएपछि भोजपुरका ५ संक्रमितलाई अस ...

इटहरीमा ८७ जनाले गर ...

इटहरीः लकडाउनका कारण प्रदेश नम्बर १ का बिभिन्न अस्पतालहरुमा रगतको अभाव भईरहेका बेला इटहरीमा शनिवार र ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved