कुसाहा: सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम् कुसाहामा आगलागी भएको छ ।

कोशी गाउँपालिका अध्यक्ष अयुब  अन्सारीका अनुसार अहिले साझ ६ बजे बाट आगलागी शुरु भएको र आगलागी के कारण लागेको भन्ने जानकारी नभएको बताए । उक्त आगलागीबाट ६ वटा घर जलेर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगो अहिले परालको थुप्रोमा लागि रहेकाले इटहरी, दुहबीको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । 

यसबारे थप विवरण आउन बाँकी छ ।