भण्टाबारी : सुनसरीको आगलागी हुँदा १८ लाख बढीको क्षति भएको अनुसन्धानबाट खुलेको छ । कोशी गाउँपालीका वाड नम्बर ३ पश्चिम् कुसाहामा आगलागि हुदाँ स्थानीयबासीका ६ घर जलेर नष्ट भएका थिए । स्थानीय मुनेश्वर सरदारको घरबाट आगलागी हुँदा १८ लाख ६७ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

सोमबार साझ मुनेश्वरको घरबाट दाउराको चुलोबाट खाना पकाउने क्रममा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीमा सरदारको दुइटा टिनको घर जलेर नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको छ । यसैगरी सोही ठाउँका लाल सरदारको एउटा टिनको घर जल्दा २ लाख ६५ हजार बराबरको क्षति भएको छ भने राम सरदारको एउटा टिनको घरसँगै नगद डेढ लाख जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

सोहीआगलागीमा परी भदाहा सरदारको एउटा घर जलेर नष्ट हुँदा ३ लाख ५२ हजार क्षति भएको छ भने उनका छिमेकी गंगा बहरखेरको ट्याक्टरको ट्रली, दाउरा राख्ने घरका साथै ५ वटा परालको टाल जल्दा ३ लाख ५० हजार बराबरको क्षति भएको लौकही प्रहरीले जानकारी दिएको छ।
आगलागीलाई स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका साथै इटहरी, दुहबी र महेन्द्रनगरबाट आएका दमकलले करिब ३ घण्टा पछि नियन्त्रणमा लिएको थियो
तस्बीर: मिकाइल आलम