इटहरीः गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बेलुकीदेखि जिल्लाभरको सुरक्षा अवश्थालाई थप कडाई गरेको छ । प्रशासनले आउदो २५ गतेसम्म कसैलाई घरबाहिर हिडडुल गर्न नदिने भएको छ । प्रशासनले तरकारी किन्ने बहानामा जिल्ला धेरै स्थानमा भीडाभाड बढेको सूचना आएकाले तरकारी पसल समेत बन्द गराउने निर्णय पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयको निर्देशन अनुसार लकडाउनका समयमा तरकारी लगायतका सामान खरिद गर्ने बहानामा बिहान बेलुका मानिसहरुको भिडभाड हुन थालेपछि थप कडाई गर्दै सुरक्षाकर्मी बाहेकका अन्यलाई हिडडुलमा पुर्ण रुपमा रोक लगाउने भएको हो ।
प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने तरकारी किन्ने हाट बजारमा बिहान बेलुकाको समयमा धेरैजना भेला जम्मा भएर कोरोना सक्रमण हुने अवश्था आएपछि थप जोखिम हुने देखिएकाले सोमबार साझदेखि लकडाउनलाई कडा बनाईएको छ ।
सिमाक्षेत्रमा भारत तर्फबाट बलजफ्ती मानिसहरु प्रवेश गर्ने सम्भावना देखिएकाले सिमाक्षेत्रमा रहेका सुरक्षा युनिटहरुलाई थप सक्रिय बनाउदै लगिएकाले सुरक्षामा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
यसै गरि सुनसरीमा भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको विवरण संकलन गरि अभिलेख राख्न र उनीहरुलाई क्वारेन्टाइनमा राख्नका लागी स्थानिय तहलाई जिम्मेवारी दिएकाले क्वारेन्टाइनमा रहेका मानिसमा सक्रमण देखिएमा उनी सग सम्पर्क भएका व्यक्ती उनका परिवारलाई समेत क्वारेन्टाइनमा राखिने प्रजिअ पौडेलले बताए ।
आपुर्ती व्यवश्थालाई सहज र भिडभाड बिना दैनिक उपाभोग्य वस्तुको सर्वसाधरणको घरसम्म पुग्ने व्यवश्था गर्न स्थानिय तहलाई जिम्मेवारी दिइने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ ।
सशस्त्र प्रहरी वल ४ नं गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले भने बेलुका समयमा बन्द खुल्ला भएको भन्दै सर्वसाधरणहरुको ठुलो भिड घुम्न घरबाहिर सडक चौकमा सवारीसाधन लिएर परिवारसहित हिडडुल गर्ने पाइएकाले भोलीदेखी कसैलाई पनि घरबाहिर नआउन अनुरोध गर्ने जवरजस्ती गरेको खण्डमा कारवाही गरिने बताए ।
सुरक्षा अवश्थालाई सोमबारदेखि कडा बनाएकाले लकडाउनको अवधी भर घरभित्र बस्न सवलाई अनुरोध गरीएकाले अत्यावश्यक समानहरुको आपुर्तीका लागी व्यापारीहरु सँग छलफल गरि सहज रुपमा उपभोक्ताहरुको घरसम्म लैजाने व्यवश्था मिलाउने सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले बताए ।
नेपाल भारत सिमाक्षेत्रमा थप कडाई गरिएकाले भारतमा कोरोना भाइरसको बढदो सक्रमणका कारण मानिसहरु आउने सम्भावना भएकाले त्यसलाई पुर्ण रुपमा रोक लगाईएकाले सुरक्षा निगरानी सगै गस्ती समेत बढाउने ढकालले बताए ।