इटहरीः इटहरी प्रहरीले लकडाउन उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा ‘म्यान क्याच’ डिभाइस उपकरण बनाएको छ । लकडाउनमा हिड्नेहरु कोरोना सङ्क्रमित हुन सक्ने भएकाले त्यस्तालाई नियन्त्रण गर्दा ३ मिटर परबाटै समात्न सकिने गरी यो उपकरण पूर्वमा पहिलो पटक प्रहरीले आफै बनाएर प्रयोगमा ल्याइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले दावी गरेका छन् ।
‘सामान्य रड र आल्मुनियमको प्रयोगबाट प्रहरी आफैले बनाएको यसले प्रहरीमा हुन सक्ने जोखिम घटाउने प्रहरी निरिक्षक श्रेष्ठले बताए ।
यो उपकरणले दुरी कायम गरी व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीको गाडीमा हाल्न सहयोग गर्ने प्रहरी निरीक्षक श्रेष्ठ बताउँछन् ।
यो उपकरण प्रहरीको मोबाइल गाडीमा राखिने र आवश्यकता अनुसार प्रयोग हुने उनले बताए । अन्य मातहतमा यसको आवश्यकता भए इटहरी प्रहरीले बनाएर उपलब्ध गराउने उनको भनाई छ ।