इटहरीः काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले प्रदेश १ सहित मुलुकका सातै प्रदेशमा ५ लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । कोरोना महामारीबाट बच्न सरकारले मुलुकभर लकडाउन गरेको अवस्था दैनिक श्रम गरेर खानेहरुलाई जीवन धान्न धौ धौ परिरहेको अवस्थामा खानाको जोहो, क्वारेन्टाइनको व्यवस्थापन र औषधी उपचारका लागि सहयोग गर्ने उद्धेश्यले प्रदेश नम्बर एक लगायत सातै प्रदेश सरकारले स्थापनमा परेको कोषलाई ५ लाखका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोबिन्दप्रसाद ढकालले बताए ।
प्रदेश नम्बर १ लगायत सातै प्रदेशले स्थापना गरेको राहत कोषको खाता नम्बर लिने काम भईसकेकाले ढिलोमा भोलिसम्ममा सबै प्रदेशका खातामा रकम जम्ममा भईसक्ने गरिमा बिकास बैंक प्रदेश १ कार्यालय धरानका प्रमुख मीनप्रसाद सुवेदीले बताए ।