इटहरीः सुनसरीको घोपाली टोल स्थित पुर्व पश्चिम राजमार्गमा बिरामी बोकेको एम्बुलेन्सको ठक्करबाट एक जना नर्सको ज्यान गएको छ । एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिदा उपचारका क्रममा ती नर्सको ज्यान गएको हो ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पुर्व तर्फ गइरहेको को १ च ९६०५ नम्बरको विरामी बोकेको एम्बुेन्सलले को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिदा मधेशा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी रत्ना श्रेष्ठ गम्भिर घाइते भएकी थिइन । गम्भीर घाइते भएकी स्वास्थ्यकर्मी श्रेष्ठको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक भिमबहादुर दाहालले जानकारी दिए । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।