इटहरी: सुत्केरी भेटघाट कार्यक्रम लिएर इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम सुत्केरी महिलाका घर घरमा पुगेकी छिन् ।
बुधबार उपमेयर गौतमले इटहरीका वडा नम्बर २,९ र २० मा रहेका ५ जना सुत्केरीलाई घरमै पुगेर अबस्थाको बारेमा जानकारी लिएकी थिइन् । इटहरीमा रहेका रीना बिक. खुस्बु खातुन, यमुना खतिवडा,स्वस्तिका पुरी, गँगिया उराउका घर घरमा पुगेर स्वास्थ्यको बारेमा जानकारी लिदै सुत्केरी महिला लगायत बच्चालाई पुसिलो आहारा तथा दाल चामल नुन हर्लिस, गेडागुडी फलफुल न्यानोकपडा प्रदान गरीएको थियो ।
सुत्केरी भएका पाचैँ जना महिला इटहरी अस्पतालमा सुत्केरी भएका थिए ।
लकडाउनका कारण श्रीमान् को रोजगारी गुमेपछि सुत्केरी महिलाहरु भोक भाकै भएको खबर सुनेपछि विभिन्न सामग्री लिएर पुगेको उपमेयर गौतमको भनाई छ ।
यस्तो सङ्कट परेको बेला आफुहरुलाई स्थानीय सरकारले सहयोग गरेको भन्दै उपमेयर तगायतको स्वास्थ्य टोलिको सुत्केरी महिलाहरुले प्रशंसम गरेका थिए ।
सुत्केरी सबै महिला ट्याक्टर चालक, सडकमा चट्पटे बेच्ने सिटि सफारी चालक लगायत पेशामा काम गर्ने ब्यक्तिका श्रीमति रहेका छन् ।