इटहरी : प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि इटहरी पालिकाले सबै सँग आग्रह गरेको छ ।
आज इटहरी उपमहानगरमा सम्पन्न सर्वदलीय सर्वपक्षीय वैठकले उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि सवै सँग अनुरोध गर्ने निर्णय गरेको हो ।
इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवै सँग अनुरोध गरेको हो । नेपाल बैंक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि आग्रह गरिएको छ ।
इटहरी उपमहानगरले ८० लाख जम्मा गरि कोष खडा गरेको हो । वैठकले वडास्तरमा पनि सर्वदलीय सर्वपक्षीय वैठक वसि विपत राहत वितरणलाई अझ ब्यवस्थित वनाउने निर्णय गरेको छ ।
वैठकमा प्रदेश सांसद लिलम वस्नेत,उपमहानगर प्रमुख द्वारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम,नेकपा इटहरीका नेताहरु राजकुमार गिरी,सागर सुवेदी वहादुर सिं तामांग,नेपाली काँग्रेसका सभापति हेमकर्ण पौडेल,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल लगायतले बोलेका थिए।
उनीहरुले विपतका वेला राहतका लागि मनखोलेर सहयोग गर्नुपर्नेमा जोड दिए । सोही वैठकमै श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फवाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गरे ।
यसैबिच आजै नेपाली काँग्रेस इटहरीको तर्फवाट पाँचहजार केजी चामल राहत वितरणका लागि इटहरी उपमहानगरलाई उपलब्ध भएको छ ।