इटहरीः भारतको दिल्लीमा भएको मुश्लिमहरुको धार्मिक सभामा सहभागी भएर आएका धरानका ९ जना विराटनगरमा रहेको खुलेको छ । धार्मिक सभामा सहभागि भएकाहरुको खोजि कार्य तिब्र बनाइरहेका बेला धरानका पनि ९ जना सो सभामा सहभागि पत्ता लागेको हो । उनिहरु लकडाउनका कारण विराटनगर आफन्तकोमा बसिरहेको बुझिएको छ । उनीहरु धार्मिक सभाबाट फर्के लगत्तै विराटनगर पाइपुग्दा लकडाउन शुरु भएकाले विराटनगरमै अड्किएका हुन् ।
केही दिन अघि धरान स्थित मुस्लिम संस्थाले धरानको कोही पनि सहभागि नभएको जनाएको थियो, तर विहिबार उनीहरुनै सम्पर्कमा आए पछि धरानका मुस्लिमहरु पनि सभामा सहभागि रहेको खुलेको हो ।
धरान ९ स्थित आचार्य लाइनका एक व्यक्ति सहित अन्य ८ जना सभामा सहभागि भएका थिए । आचार्यलाईनका उनैले वडाअध्यक्ष रत्न कटुवाल सँग सम्पर्क गरे जानकारी दिएका हुन् । उनीहरु अहिले विराटनगरको केशलिया भन्ने ठाउँमा साथीको घरमा रहेको बुझिएको छ । विहिबार साँझ कटुवालसंग सम्पर्क भए पछि सोधिखोजि सुरु भएको छ ।
परिवारले पनि सभामा सहभागि भएको बताए पछि आचार्यलाईन आतंकित बनेको छ । उनीसँगै सभामा सहभागि भएर फर्किएका अन्य ८ जना मोरङकै कटहरीमा रहेको बताइएको छ । सबैसँग सम्पर्क गरेर उनीहरुको स्वाब परिक्षणका लागि तयारी भइरहेको वडाअध्यक्ष कटुवालले बताए ।
उनीहरु विराटनगरमा रहको खुले पछि इलाका प्रहरी कार्यालय धरानले मोरङ प्रहरीलाई जानकारी दिइसकेको छ । उनीहरुको खोजतलास गरि परिक्षण सँगै क्वारेन्टाइनमा राख्नका लागि संचार भइसकेको धरानका प्रहरी प्रमुख ढुण्डिराज न्यौपानेले बताए ।