इनरुवा: सुनसरीको सदरमुकाम इनरुवाका एक ब्यक्तिले आफ्नै श्रीमति र दुई छोरीहरुलाई सुतिरहेको अबस्थामा घरमा आगो लगाई फरार भएका छन् ।
इनरुवा ८ डुम्राहा सतखोलिया घर भएका सियाराम उराँवले गत बिहिबार बेलुका खाना खाएर श्रीमती कमलकुमारी उराँव, उनकी ७ वर्षकी प्रतिक्षा र ४ वर्षकी प्रतिज्ञालाई सुतिरहेको अबस्थामा घरमा आगो लगाएर भागेका थिए ।
आगो लागेपछि तीन जना घाईते भएका छन् । उनीहरुलाई इनरुवा अस्पतालमा लगिएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कोशीअस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले जानकारी दिए ।
शर्माले प्रदेश पोर्टल सगँ भने त्यो घटना भईसकेको दुई, तीन दिन पछि मात्र हामी सगँ उजुरी आईपुगेको छ । सत्य तथ्थ बुझ्न नपाएको भन्दै फरार रहेका सियाराम उराँवलाई तत्काल खोजी गर्ने र सत्य तथ्य पत्ता लाग्ने बताए । घटना भएकाे तीन दिन पछि पिडित पक्षबाट माइतीबाट आफन्त आएर प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना बाहिर आएको हो ।