भोजपुर: कोरोना भाईरसका कारण नेपाल लगायत विश्वका अधिकाशं देश लकडाउनको अबस्थामा रहेका छन् । यस जटिल परिस्थीतीको सामना गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले पनि आफ्नो क्षेत्रबाट निभिन्न कार्य गर्दै आएका छन् ।
त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिकाले पनि कोरोना भाईरसको रोकथामका लागि स्थानीयलाई सजक, सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न महत्वपुर्ण निणर्य गरेको छ ।
जनप्रतिनिधि तथा पालिका भित्रका कर्मचारी सहित शनिबार बसेको बैठकले कारोना भाईरस रोकथाम तथा आई परिहालेको अबस्थामा राहत कोष स्थापना गरेको छ । यसमा पालिका भित्रका जनप्रतिनिधिको १५ दिनको तलब, अधिकृत स्तरका कर्मचारीको ७ दिनको तलब,त्यस भन्दा तलका कर्मचारीको ३ दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपमलिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
त्यस्तै उद्योगी ब्यापारी तथा यो विपतको घडीमा राहत दिन चाहनले प्रभु बैङ्कमा रहेको हतुवागढी गा.पा.विपद ब्यबस्थापन खाता न. १८२००२०११३७९८६०००००६ मा जम्मा गरिदिन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
यस्तै कोही कतै कोरोना लागेको वा लक्षणं देखा परे गाउँपालिकालाई जानकारी गराउन हटलाइनको समेत ब्यबस्था गरेको छ । यसका लागि ९८५२०८२१०० मा खबर गर्न समेत भनिएको छ ।
गाउँपालिकाको वडा नम्बर १ र ९ मा १८÷१८ बेडको १÷१ वटा क्वारेन्टाइन निमार्ण र हतुवागढी १ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, घोडेटारमा ४ वेडको आईसोलेशन वार्डको स्थापना गरिएको पालिकाले बताएको छ ।
पालिकाको विभिन्न नाकाबाट अन्य जिल्लाका ब्यक्ति प्रवेश गर्ने भएकाले यसको कडाइका लागि सुरक्षा निकाय सगँ सहकार्य गरी ब्यबस्थापन गर्ने बताइउको छ ।
पालिका अध्यक्षबाट निरन्तर रुपमा सञ्चार माध्यम मार्फत आबश्यक सुचना निर्देशन तथा समन्वयको लागि सरोकारवाला निकाय सगँ र्यापिड रेसपोन्स टीम तथा कार्यपालिकाको सदस्यहरुबीच बैठक भईरहेको पालिका अध्यक्ष राईको भनाई छ ।
राहत बितरणको कार्यलाईपनि केही दिनमा निणर्य गरि राहत सामग्री बितरण गर्ने पालिकाको बनाई छ ।

press meet bhojpur