दुहबीः सुनसरीको दुहबी ९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उधोग संचालन गरेको बिषयमा स्थानीय दुई समुह बिच वादविवाद हुँदा झडप भएको छ । १३ जना घाइते भएका छन ।
घाइते ताबिज मियाँले अनुसार लकडाउनकै बेला जयबाबा इँटा उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेको सुचना प्रहरी र संचारकर्मीहरुलाइ दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफुहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन । उनका अनुसार आफुहरु घरमा बसिरहेका बेला दुहबी ९ का वडाध्यक्षले तिमिहरुसँग काम छ भन्दै बोलाएको र आफुहरु वडाध्यक्ष मेंहदी हुसैनसँग कुरा गर्न जाँदा तिमिहरुले किन इँटा उद्योग संचालन गरेको सूचना दिइस भन्दै वडाध्यक्ष हुसैन स्वंमले कुटपिट गरेको उनले बताए । हुसेनकै निर्देशनमा युवाहरु परिचालन गरि आफुहरुमाथि अचानक आक्रमण गरेको उनको आरोप छ । ताबिज मियाँले देश लकडाउन भएको बेला पनि इँटा उद्योग संचालन हुँदा दुहबी प्रहरीलाई पटक–पटक खबर गर्दा पनि उद्योग बन्द नगराएपछि यस्तो घटना भएको उनको दाबी छ ।
स्थानिय ताबिज मियाँ र सौकत अलीले १ हप्ता अगाडी ५ सयको संख्यामा इँटा उद्योगमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेको र ती मजदुरहरु मध्ये केही मजदुरहरु केहि हप्ता अगाडि मात्र भारतबाट आएको स्थानीयको दावी छ । देश लकडाउन हुँदा पनि भारतीय मजदुहरु गाउँ घुम्ने गरेपछि स्थानीय त्रसित भन्ने समाचार बिभिन संचार माध्यममा आएको थियो । अहिलेसम्म सो इँटा उद्योग संचालनमा रहेको छ ।
दुहवी ९ छातावेलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरीतर्फ जवान अनिल यादव घाइते भएका छन् । इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए । दुबै पक्षका १२ जना घाइतेहरुको अहिले दुहबी स्थित सुनसरी सामुदायिक अस्पताल र जिबन ज्योति पोलि क्लिनिकमा उपचार भैरहेको छ ।
सो विषयमा दुहबी ९ का वडाअध्यक्ष मेहदि हुसैनले आफुले कसैलाई हातपात नगरेको र कोही कसैलाई निर्देशन समेत न दिएको बताए । राहतको विषयलाई लिएर स्थानीयहरु बिच झडप भएको भन्ने हल्ला आफुले सुनेपछि प्रहरीलाइ जानकारी गराएको बताए । र आफु घटना स्थलमा पुगे पछि दुबै पक्षबिच झडप भैरहेकोले प्रहरी र आफू मिलेर घटना साम्य बनाएका उनले प्रतिक्रिया दिएका छन । दुहबी ९ छाताबेली मदरसाका प्रमुख मोल्बी(धर्म गुरु) मो.मोलिमकाले राहतको बिषयमा कुनै झडप न भएको बताए । उनले झडप भएको २ घण्टापछि नगरपालिकाले राहत वितरण गरेको बताए । राहत वितरणका बिषयलाई लिएर झडप भयो भनेर केही व्यक्तिहरुले बिना आधार हल्ला मात्र फैलाएको उनले दावी गरे ।