इटहरीः चैत्र २५ गतेसम्म सरकारले घोषणा गरेको लकडाउनको अवधि आठ दिन थप गरिएको छ । केही बेर अघि मात्रै मन्त्रिपरिषदको बैंठकले लकडाउन ८ दिन अर्थात बैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । 

यसअघि बिहान अघि  बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बसेको बैठकले सहित निर्णयका लागि सरकारलाई सिफारिस गरेको थियो । 
कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । दोस्रोपटक चैत १६ गते पुनः एकसाता(चैत्र २५ गते) सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो ।
संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेकाले समितिको बैंठकले सो निर्णय गरेको थियो ।

नेपालमा अहिलेसम्म नौ  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकी आठ जनाको उपचार भइरहेको छ। संक्रमितमध्ये कैलीलीमा तीन, बाग्लुङमा दुई, कञ्चनपुर, धादिङ् र काठमाडौंमा एकरएक जना छन्।  बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्‍यापीड टेस्ट शुरू गरिएको छ।  नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा छ।