भोजपुर: कोरोना भाईरसका कारण नेपाल लगायत विश्वका अधिकाशं देश लकडाउनको अबस्थामा रहेका छन् । यस जटिल परिस्थीतीको सामना गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले पनि आफ्नो क्षेत्रबाट निभिन्न कार्य गर्दै आएका छन् ।
त्यस्तै भोजपुरको पौवादुङ्मा गाउँपालिकाले पनि कोरोना भाईरसको रोकथामका लागि स्थानीयलाई सजक, सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न महत्वपुर्ण निणर्य गरेको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै कारोना भाईरस रोकथाम तथा सुरक्षाको उपायका बिषयमा पालिका अध्यक्ष किरण राईको संयाेजकत्वमा (कोभिड १९ र्यापिड रेसपोन्स् टिम) गठन गरी परिचालन गरिहेको छ ।

त्यस्तै पालिका प्रवेश गर्ने स्रिके, फत्तेपुर अधेरी तीन नाकामा पैदल आउने आगन्तुकको जानकारी लिनका लागि हेरालुको पनि ब्यबस्था गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । पालिका भित्र कोरोनाको आशंका लागे वा कोहि बिरामी परे तत्कालै बीपी. कोइराराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसम्म पुर्याउन पालिका आफैंले एम्बुलेन्सको ब्यबस्था गरेको छ ।


विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोप लगायत कारणसंगै कोरोना भाइरसको हालकाे परिस्थितिलाई मध्ये नजर गर्दै सामान्य रुपमा दुई महिनासम्म खान पुग्ने गरी करिब ३ हजार विपन्न परिवारलाई राहत वितरण गर्ने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । जसको लागि हाल गाउँपालिकाले तयार गरेको कोषको खातामा रु ९४ लाख रुपैया रहेको र त्यसलाई पनि थप गर्दै लैजाने अध्यक्ष राईको भनाई छ।

यस विषम परिस्थीतिलाई मध्यनगर गर्दै उद्योगी, ब्यापारी, व्यवासायी तथा जो कोहीले गाउँपालिकाको नाममा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक तिवारीभञ्याङ शाखामा रहेको विपद ब्यबस्थापन कोषकाे खाता नं. ०६६०१४००२५००८५ ( खाता ५.४) मा रकम जम्मा गरिदिन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

press meet poudungma bhojpur