इटहरी:प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।
मंगलबार देशबासीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अब देशमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।