इटहरीः आइतवार दिउँसोबाट भेडेटारको जंगलमा लागेको आँगो केही बेरबाट पूर्ण रुपमा नियन्त्रणमा आएको छ । दुई दिनको सकसपूर्ण प्रयास पछि आँगो बल्ल पूर्ण रुपमा नियन्त्रणमा होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
आँगो साँगुरीगढी ६ कोल्बोटेबाट सल्किएको थियो । सुख्खा मौसम र जंगलमा खरबारी हुनुका साथै हावाहुरी चलेकाले आँगो जंगलको चारैतीरबाट फैलिएको थियो । वन समुहका पदाधिकारीहरु, उपभोक्ता, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेत करिब ६० जनाको टोली आँगो नियन्त्रणका लागि दुई दिनबाट निरन्तर खटेका थिए । आँगोका कारण जंगलको ठूलो क्षेत्रफल जलेर नष्ट भएको अध्यक्ष राईले बताए ।आँगलागीबाट करिब ३५ सय रोपनी क्षेत्रफलको जंगल जलेर नष्ट भएको छ । सो जंगलमा रहेको गुँरास, उत्तिस, चिलाउने र कटुस सबै जलेर नष्ट भएको छ ।