धनकुटाः धनकुटामा स्वास्थ्य सामाग्री हस्तान्तरणको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाइ प्रशासनले समाचार संकलनमा अवरोध गरेको छ ।
सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य सस्थाहरुका लागि पठाएको स्वास्थ्य सामाग्रीको समाचार संकलन गर्न पुगेका हिमसिखर टेलिभिजन धनकुटा समाचारदाता कविराज घिमिरे सहित अन्य सञ्चारकर्मीलाइ प्रशासनमा छिर्न नदिएर रोकेको हो ।

हिमशिखर घिमिरे सहित पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, द हिमालय टायम्सका धनकुटा समाचारदाता खगेन्द्र घिमिरे,, अन्नपूर्ण पोष्ट दैनिकका धनकुटा समाचारदाता हरिबहादुर लम्जेल र रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्णकुमार चौधरी तथा थाहा खबरकर्मी इस्वर थापालाइ रोकेको हो । समाचार संकलनका लागि प्रशासन कार्यालय परिषर पुगेका कबिराज घिमिरे र खगेन्द्र घिमिरेलाइ प्रहरीले प्रशासन कार्यालय परिषरबाट अपमानजनक तरिकाले परिसर बाहिर निकालेको थियो । त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष राई, थाहाकर्मी थापा, पत्रकारहरु लम्जेल र चौधरीलाई बाटैमा रोकेर फोटो समेत खिच्न नदिएको दिएन । बाटोमा रोकिएका पत्रकारलाई प्रहरीले फोटो भिडियो नखिच्न भन्दै खिचेको फोटो डिलिट गर्न दबाब दिएका थिए ।
यसैवीच समाचार संकलनमा अवरोध गरिएको बिषयमा नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै पत्रकारिता मार्फत जनताको सुसुचित हुने अधिकार प्रशासनले हनन् गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।