इटहरीः तेह्रथुमको आठराई ७, थोक्लुङमा रहेको सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट थोक्लुङको पिप्लेमा रहेको नरपति चौलागाईंको घर जलेर नष्ट भएको छ । उक्त घरमा अहिले स्थानीय टंकप्रसाद चौलागाईं बस्दै आएका थिए । घरधनि नरपतिको भने तराईमा बसोबास रहेको स्थानीय संचारकर्मी अमृत बास्तोलाले जानकारी दिएका छन् । आँगो नियन्त्रणका लागि सुरक्षा अधिकारी सहित स्थानीयहरु घटना स्थल पुगेको बताइएको छ ।