इटहरीः विश्वभरी कोरोना भाइरसको संक्रमण फैलदा वेवास्था गरेका कारण यतिबेला सो भाइरसका कारण एकै दिनमा सबैभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाउनु परेको छ । 

अमेरिकामा एकै दिन १९ सय ५२ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । संक्रमितको संख्या अमेरिकामा ४ लाख ४ सय १२ पुगेको छ । अमेरिकामा एकै दिन ३३ हजार ४ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ । यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो। अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १२ हजार ८ सय २३ पुगेको छ । अमेरिकको न्यूयोर्कमा मात्रै एकै दिन पाँच सय भन्दा बढीको ज्यान गएको जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांकमा उल्लेख छ ।
    फ्रान्समा एकै दिन ज्यान गुमाउनेको संख्या १४ सय भन्दा बढी छ। त्यहाँ मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ। स्पेनमा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जना नयाँ संक्रमित पुष्टिको छ। स्पेनमा मृत्यु हुनेको संखाय १४ हजार नाघेको छ। इटालीमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा कहीदिनदेखि कमी आएको छ। इटालीमा सबै भन्दा बढी १७ हजार १ सय २७ जनाले ज्यान गुमाइसकेको छन्।
हालसम्म युकेमा ६ हजार १ सय ५९, ईरानमा ३ हजार ८ सय ७२ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । चिनमा ३ हजार ३ सय ३१, . नेदरल्यान्डमा २ हजार १सय १, जर्मनीमा २ हजार १६, वेल्जियममा २ हजार ३५, स्विजरल्याण्डमा ८ सय २१, टर्कीमा ७ सय २५, ब्राजिलमा ६सय ८६, स्विडेनमा ५ सय ९१, क्यानडामा ३ सय ८१, पोर्चुगलमा ३ सय ४५ जनाले ज्यान गुमाइसकेको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८२ हजार ७४ पुगेको छ । संक्रमितको संख्या १४ लाख ३१ हजार ५ सय ३३ छ । विश्वमा ३ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।

92495744_2996644727059266_3882852011284103168_o