इटहरीः प्रतिदिन छिमेकी मुलुक भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्न गई त्यहाँका नागरिकहरुको प्रत्येक दिन ज्यान थालेपछि नेपालमा थप संक्रमण हुन नदिन सशस्त्र प्रहरी वलले प्रदेश नम्बर एकभरी १ सय ५१ स्थानमा क्याम्प स्थापना गरेको छ ।
प्रदेश १ को कतिपय सीमा नाकाबाट आउनेहरुको लर्को नरोकिएकाले नयाँ पोष्टहरु स्थापना गरिएको शसस्त्र प्रहरीले जनाएको छ । दुई दिनअघि मात्र सीमा क्षेत्रमा सुरक्षा बढाउने बिषयमा झापा सुरक्षा निकायका अधिकारीहरुको संयुक्त बैंठक बसेको थियो । बैठक सकिए लगत्तै सीमाको सुरक्षा पाएको शसस्त्रले नयाँ क्याम्प स्थापनाका लागि आवश्यक कार्य थालेको थियो ।
कोरोना भाईरसको सक्रमण फैलिन नदिनका लागी खुल्ला सिमानाकाबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएकाले सिमानाकामा सुरक्षा क्याम्प स्थापना गरिएको सशस्त्र प्रहरी वल बरह वाहिनी मुख्यालय पकलीका सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नगेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक थापाले सुनसरीसहित प्रदेश १ को नेपाल भारत सिमा क्षेत्रमा १ सय ५१ वटा कोरोना शसस्त्र सिमा सुरक्षा क्याम्प स्थापना गरिएको बताए ।
लकडाउनको समयमा पनि खुल्ला सिमानाको फाइदा उठाउदै नेपाल आउनेहरु बढन थालेपछि सशस्त्र प्रहरीले सुनसरीमा ५१ स्थानसहित इलाममा ७ , झापामा ५८ , मोरङमा ३५ स्थानमा कोरोना शसस्त्र सिमा सुरक्षा क्याम्प स्थापना गरिएका छन ।
कोरोना सिमा सुरक्षा क्याम्पमा सशस्त्र प्रहरीले गौडाहरुमा टेण्ट टाँगेर सर्त भारतबाट नेपाल भित्रिनेहरुलाई कडा निगरानी गर्दै गस्ती गर्ने भएको छ ।
शंकास्पद मानिसहरु खुल्ला सिमानाको चोरबाटोबाट नेपाल पसेर सिमा क्षेत्रमा खुसुक्क आफनो घर र समुदायमा लुकेर बसिदिँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानियहरु त्रसित छन ।
खुल्ला सिमानाको फाइदा उठाउदै शंकास्पद मानिशहरु नेपाल भित्रिन थालेको भन्दै सिमा क्षेत्रका बासिन्दा जनप्रतिनिधि र सांसदहरुले सिमानामा सुरक्षाकर्मीको गस्ति बढाउन माग गर्दै आएका थिए ।भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण १ सय ६४ जनाले ज्यान गुमाईसकेका छन् भने संक्रमितको संख्या ५ हजार ३ सय ६० पुगेको छ ।