विराटनगरः लकडाउन अवधिभर औषधी ओसारपसार गर्नका लागि सवारी पास लिएर लागुऔषध तस्करी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिराहको मिचैयाँ ३ घर भइ हाल गोलबारज नगरपालिका ३ का बस्ने २३ वर्षीय सन्तोष सिंह र सोही ठाउँका २४ वर्षीय विजयकुमार मण्डललाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
इलका प्रहरी कार्यालय बेलबारीले मंगबार राति बेलबारी ३ स्थित पूर्वपश्चिम राजमार्गबाट सवारीपास भएको मोटरसाईकलमा सवार दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. २–०१००१ प २६७२ नम्बरको मोटरसाइकलमा चेकजाँचको क्रममा इप्रका बेलकारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । विजयकुमार मण्डलले लगाएको जुत्ताभित्र मोजामा ब्राउनसुगर लुकाएर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले जिल्ला प्रशासन कार्यालय , नगरपालिका र वडा कार्यालयको अनुमतिमा सवारी पास लिएर लागुऔषध तस्करी गरेको प्रहरीको भनाई छ । गर्ने दुई व्यक्ति मोरङमा पक्राउ परेका छन् । उनिहरुलाई लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ३१ ग्राम ६९ मिलिग्राम ब्राउन सगुर बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले भिडियो ‘कन्फेरेन्स’ मार्फत बुधबार सार्वजनिक गर्दै मोरङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउनसगुर बरामद भएको दावी गरेको छ । बरामद भएको ब्राउन सुगरको बजारमुल्य प्रतिग्राम ५० हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।
लकडाउनको समयमा सवारी पासविना मोटरसाईकल चलाउन नपाइने भएकोले उनीहरुले वडा कार्यालय , नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएको खुलेको छ ।
कारोना नियन्त्रणमा राज्यले लकडाउन गरिएको अवस्थामा तस्करीमा लागेको गिरोहले मौकाको फाइदा उठाउँदै अवैध धन्दा सञ्चालन गरिरहेको खुलेको छ । पक्राउ परेकाहरुले झापाको दमकबाट ब्राउन सुगर ल्याएको प्राराम्भिक बयान दिएका छन् । उनीहरूको सञ्जाल पत्ता लगाउने प्रहरीले अनुसन्धान सुरू गरेको छ ।