भोजपुर: भोजपुरको आमचोक गाउँपालिका–९ रुक्सेबाट लुटपाट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

सोमबार राति २ बजे रानीटारबाट खाद्यान्न बोकेर बालंखा तर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्ट रोकेर चालकलाई कुटपिट गरी नगद लुटपाट गरेको आरोपमा ७ जनालाई पक्राउ गरिएको हो । ट्याक्टर चालक सगँ पुरानो रिसीबी देखाउँदै विबाद गर्दा झगडा भएको थियो ।

उनीहरुले ट्याक्टर चालकको साथमा रहेको नगद २१ हजार ५०० लुटपाट गरेको आरोपमा आमचोक गाउँपालिका–८ का ३२ बर्षीय लोक बहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८ बर्षीय देवराज तामाङलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सात जना मध्ये ४ जनालाई घोरेटार प्रहरी चौकीबाट छोडिएको छ भने अन्य तिन जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर पुर्याएृको प्रहरीले बताएको छ ।