इटहरी: आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो ।

निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो । निगमले सबै ग्यास उद्योगीहरुलाई विहीवारदेखि नै भरि ग्यास सिलिन्डर भर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएपछि निगमले आधा सिलिन्डर ग्यास विक्री वितरण गर्ने निर्णय गरेको थियो ।