इटहरीः कोरोना भाइरस(कोभिड १९ ) को संक्रमणका कारण २४ घण्टाको अवधिमा विश्वभरी ८८ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा सो भाइरसको संक्रमितको संख्या विश्वभर १५ लाख १७ हजार ७ सय ३१ जना पुगेको छ । केहीबेर अघिको रेकर्ड अनुसार विश्वभर २४ घण्टाको अवधिमा ८४ हजार ९३ जना संक्रमित थपिएका छन् । विश्वभर ३ लाख ३० हजार २ सय ६६ जना सो भाइरसबाट संक्रमितहरु निको भएका छन् ।
२४ घण्टाको अवधिमा सबैभन्दा बढी सो भाइरसको संक्रमणका कारण अमेरिकन नागरिकले ज्यान गुमाएका छन् । सो अवधिमा अमेरिकामा १ हजार ९ सय ३९ जनाले ज्यान गएको छ , योसंगै अमेरिकामा सो भाइरसको संक्रमणका कारण मृत्यु हुने नागरिकको संख्या १४ हजार ७ सय ८७ जना पुगेको छ । अमेरिकाले विश्वभरी नै संक्रमित हुने नागरिकको संख्यामा पनि अग्रस्थान लिएको छ । २४ घण्टाको अवधिमा अमेरिकामा कोरोना भाइरसको संक्रमणका नयाँ ३१ हजार ७ सय ६ जना बिरामी थपिएका छन् । यो संगै अमेरिकामा संक्रमित हुनेको कुल संख्या ४ लाख ३४ हजार ६ सय ९८ जना पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी बेयालयका नागरिकले कोरोना भाइरसका कारण २४ घण्टाको अवधिमा ज्यान गुमाएका छन् । बेलायतमा ९ सय ३८ जनाले एकै दिन ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सो देशमा हालसम्म सो भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ७ हजार ९७ जना पुगेको छ । सो देशमा एकदिनमा ५ हजार ४ सय ४१ ज्ना नयाँ संक्रमित फेला परेका छन् । बेलायतमा जम्मा संक्रमितको संख्या ६० हजार ७ सय ३३ जना पुगेको छ ।
बेलायतपछि एकै दिनमा सबैभन्दा बढी कोरोना भाइरसका कारण मृत्यु हुने देशमा स्पेन रहेको छ । सो देशमा २४ घण्टाको अवधिमा ७ सय ७४ जना नागरिकले ज्यान गुमाएका छन् । योसंगै ज्यान गुमाउने नागरिकको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । सो देशमा एकदिनमा ६ हजार २ सय ७८ जना नयाँ विरामी थपिएका छन् । यो संगै स्पेनमा संक्रमित हुने नागरिकको संख्या १ लाख ४८ हजार २ सय २० जना पुगेको छ ।
इटालीमा एकै दिनमा ज्यान गुमाउने नागरिकको संख्या ५ सय ४२ रहेको छ । पहिलेको तुलनामा यो निकै घटी हो । इटालीमा ज्यान गुमाउने जम्मा नागरिकको संख्या १७ हजार ६ सय ६९ जना पुगेको छ । इटालीमा एक दिनमा ३ हजार ८ सय ३६ जना नयाँ बिरामी थपिएका छन् । पहिलेको तुलनामा इटालीमा संक्रमितको संख्या घट्दो क्रममा छ । फान्समा एक दिनमा ५ सय ४१ ज्नाले ज्यान गुमाएका छन् । योसंगै फ्रान्समा ज्यान गुमाउनेको कुल संख्या १० हजार ८ सय ६९ जना पुगेको छ । फ्रान्समा ३ हजार ८ सय ८१ ज्ना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १ लाख १२ हजार ९ सय ५० जना पुगेको छ ।
संख्या ८ हजार ९ सय ११ पुगेको छ । यो देशमा जम्मा संक्रमितको संख्या ९८ हजार १० छ । एक दिनमा ५ हजार १ सय ७१ जना नयाँ संक्रमितको संख्या थएिको छ ।
जर्मनीमा २४ घण्टाको अवधिमा ३ सय ३३ जनाले ज्यान गुमाएका छन् । योसंगै सो देशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने नागरिकको संख्या २ हजार ३ सय ४९ पुगेको छ । बेल्जियममा कोरोना भाइरसका कारण हालसम्म २ हजार २ सय ४० जनाले ज्यान गुमाएका छन् । एक दिनमा २ सय ५ जनाले सो भाइरसका कारण ज्यान गुमाएका छन् । सो देशमा हालसम्म संक्रमितको संख्या २३ हजार ४ सय ३ छ भने २४ घण्टाको अवधिमा १ हजार २ सय ९ नयाँ बिरामी थएिका छन्
इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउने नागरिकहरुको संख्या ३ हजार ९ सय ९३ जना पुगको छ । एक दिनमा १ सय २१ नागरिकले सो भाइरसका कारण ज्यान गुमाएका छन् । सो देशमा संक्रमितको जम्मा संख्या ६४ हजार ५ सय ८६ पुगेको छ । नेदरल्याडमा यो भाइरसका कारण जम्ममा २ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा सो देशमा १ सय ४७ जनाले ज्यान गुमाएका छन् । सो देशमा कुल संक्रमितको संख्या २० हजार ५ सय ९ जना पुगेको छ ।