इटहरीः रोजगारका लागि बहराइन पुगेका २२ जना नेपालीहरुलाई कोभिड १९ को संक्रमण देखिएको छ । पछिल्लो परिक्षणमा बहराइनमा थप १० जना नेपालीलाई संक्रमण देखिएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । 

दुतावासले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै बहराइनमा थप १० सहित संक्रमित हुने जम्मा संख्या २२ पुगेको जनाएको छ । यसअघि १२ जना नेपालीमा कोभिड १९ को संक्रमण देखिएको थियो । संक्रमित नेपालीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको दुतावासले जनाएको छ ।