तेह्रथुमः तेह्रथुमको आठराई ७, थोक्लुङको वनमा तीन दिनअघिबाट लागेको आँगो अझै नियन्त्रणमा आउन सकेको छैन् । मंगलबार बिहान ९ बजेबाट सुरू भएको आँगो निभाउने निरन्तर प्रयास भएपनि अझै नियन्त्रण हुन सकेको छैन् ।
स्थानीय लोकतान्त्रिक सामुदायिक वनबाट सुरु भएको आँगो बस्तीतर्फ प्रवेश गरेपछि ५ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट थोक्लुङको ढोडेनीमन रहेको नरपति चौलागाईं र टंकप्रसाद चौलागाईंको घरजलेर नष्ट भएको थियो । बुधबार सोही आगोबाट थोक्लुङको पिप्लेमा श्रीबिलास मादेम्बा, रनबहादुर बराल र हस्त बहादुर बरालको घर नष्ट भएको छ । आगलागीबाट टंकप्रसाद चौलागाईं र श्रीबिलास मादेम्बाको परिवारलाई बिचल्लीमा परेको छ ।

92704379_2914843311942505_4332003748181180416_o
नरपति चौलागाईं, रनबहादुर बराल, हस्त बहादुर बरालको खाली घरमा जलेको छ । उनिहरूको तराईमा बसोबास रहेको बुझिएको छ । आँगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए । आगलागी नियन्त्रणको लागि प्रहरीले विभिन्न स्थानमा अग्नि रेखा बनाएको छ । इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक थान्दार, सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प संक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सन्जिव तिवारीको सहितको प्रहरी टोली र स्थानीयहरूले आगाली हुने जोखिमबाट बस्तीलाई जोगाएका छन् ।
लोकतान्त्रिक सामुदायिक वनबाट शुरु भएको आँगो अहिले रानीचौतारा सामुदायिक वन हुदै सरकारी वन तर्फ बढेको छ । सुख्खा मौसमका साथै हावा चलेकाले आँगो फैलने क्रम बढीरहेको छ । वनमा सुकेका खरबारी र घाँस धेरै भएकाले नियन्त्रण गर्न समस्या भईरहेको वडा अध्यक्ष रोहित कन्दङवाले बताए ।

92463976_2914843908609112_3099360194497347584_o 92462011_2914844615275708_3709563743181471744_o 92473924_2914845011942335_1951394266106298368_o 92741568_2914845331942303_771670988751372288_o 93127950_2914844281942408_9176826381051363328_o