जाँतेः लकडाउनका कारण उत्तरी मोरङको लेटाङ–९ स्थित जाँते खानेपानी उपभोक्त समितिले चैत्र महिनाको पानीको महसुल छुट दिने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न देश नै लकडाउनको अवस्थामा रहेका बेला लेटाङको जाँतेबासीहरुलाई केही राहत होस् भन्ने उद्देश्यका साथ चैत्र महिनाको पानीको महसुल छुट दिने घोषणा गरिएको समितिका अध्यक्ष डिल्ली विकले जानकारी दिए । लकडाउनका कारण घर बाहिर निस्किएर आयआर्जनको काम समेत गर्न नपाइरहेको अवस्थामा खानेपानी आयोजनाको तर्फबाट राहत स्वरुप चैत्र महिनाको महसुल छुट गरिएको उनले बताए । जाँते खानेपानी आयोजनाले साविक जाँते क्षेत्रमा पर्ने लेटाङ नगरपालिकाको वडा नम्बर ८ र ९ मा खानेपानी वितरण गर्दै आएको छ ।