धनकुटाः गत चैत्र २६गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटाका लागि कोभिड १९ भाईरस विरुद्ध सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाएको प्रशासनले माफि मागेपछि सहकार्य गरेर अगाडि बढ्ने लिखित सहमती भएको छ ।
बुधबार साँझ भएको छलफलमा नेपाल पत्रकारमहासंघमा निर्वतमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे महासंघका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरिलम्जेल सदस्य पूर्ण चौधरी र प्रमुख जिल्ला अधिकारी केशवकुमार विमली विच सहकार्य गरेर अगाडि बढ्ने सहमती भएको छ ।
पत्रकार माथि भएको अपमानमा प्रहरीले गरेको भएपनि आफुले पछि मात्र जानकारी पाएको र सो घटनाको पूर्ण जिम्मेवारी आफुले लिने र अब हुने सबै जिल्लाका गतिविधिमा नेपाल पत्रकार महासंघमा एकिकृत सुचना प्रदान गर्ने एवं सहकार्य गरेर सर्वसाधरणले पाउने सूचनाको हक पूर्ण रुपमा कार्यन्वयन गर्ने सहमती लिखित रुपमा भएको छ ।