इटहरीः प्रदेश एक सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्री(पिपिई) को अभाव भएको बताइरहेको बेला एनएमबि बैंकले बिहिबार प्रदेश एक सरकारलाई १ सय थान पिपिई प्रदान गरेको छ ।
 एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १ सय थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईलाई प्रदान गरेको एनएमबि बैंक विराटनगर शाखा प्रमुख प्रकाश घिमिरे  बताए । मुख्यमन्त्री कार्यालय विराटनगरमा पुगेर बैकले सो सामाग्री प्रदान गरेको हो । पिपिई प्रदान गर्दा मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैंकले कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा बैंकपनि सरिक रहेको बैंकका प्रदेश प्रमुख घिमिरेले बताए ।

20200409_154049 20200409_154102 20200409_154059