धरानः लकडाउनको मौका छोपी एक ५४ बर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा धरानमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पिडित महिलाको उजुरीका आधारमा धरान ४ निवासी ४१ बर्षिय जितबहादुर राईलाई बिहिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
राईले बुधबार बिहानका राती २ बजेको समयमा स्थानीय ५४ बर्षीया महिलालाई बलात्कार गरेको उजुरीमा उल्लेख भएको प्रहरीको भनाई छ । राईले ती महिलालाई घरमा दबाव दिएर बोल्न, कराउन नदिई बलात्कार गरेको पिडितले जाहेरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । पक्राउ परेका राईलाई बिहिबार नै जिल्ला अदालत सुरनसरीमा म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको छ । उनि र घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । पिडित महिलाको स्वास्थ्य परिक्षणका लागि घोपा पठाएको र रिर्पोट भने आउन बाँकी रहेको न्यौपानेले बताए ।