इटहरीः कोभिड १९ को संक्रमणले विश्वभर मृत्यु हुने मानिसहरुको संख्या १ लाख कटेको छ । नेपाली समय अनुसार अहिले राती १० बजेर २० मिनेट को रेकर्ड अनुसार कोभिड १९ को संक्रमणका कारण विश्वभर १ लाख १ लाख २ सय ६८ जना मानिसको मृत्यु भईसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सो भाइरसबाट संक्रमण हुनेको संख्या विश्वभर १६ लाख ४७ हजार ८ सय ९६ जना पुगेको छ । ३ लाख ६९ हजार १ सय ७३ जना निको भएका छन् । 

पछिल्लो रेकर्ड अनुसार प्रतिदिन मृत्यु हुने मानिसहरुको संख्यामा सबै भन्दा अगाडी अमेरिका देखिएको छ । अमेरिकामा १ हजार २ सय २८ जना थप नागरिकले कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म १७ हजार ९ सय १९ जना नागरिकको मृत्यु भएको छ । भोलि बिहानसम्ममा यो संख्या निकै बढ्ने अनुमान गरिएको छ । सो देशमा सो भाइरसका कारण ४ लाख ७८ हजार १ सय ९ जना नागरिक संक्रमित भएका छन् ।

_111749633_optimised-usmapcircles_jh_10apr-nc
अमेरिकापछि बेलायत(युके)का नागरिकको सो भाइरसका कारण मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको संख्यामा युकेमा अहिलेसम्ममा ९ सय ८० जना नागरिक थपिएका छन् । यो सहित युकेमा ८ हजार ९ सय ५७ जनाले ज्यान गुमाइसेका छन् । इटालीमा ५ सय ७० थप नागरिकले ज्यान गुमाएका छन् । योसंगै सो देशमा हालसम्म ज्यान गुमाउने नागरिकको संख्या १८ हजार ८ सय ४९ जना पुगिसकेको छ । स्पेनमा ५ सय २३ थप नागरिकले ज्यान गुमाएका छन् । सो देशमा हालसम्म १५ हजार ९ सय ७० जना नागरिकले ज्यान गुमाइसकेका छन् ।