इटहरीः कोरोना भाइरसको संक्रमणका कारण विश्वमा सबैभन्दा धेरै अमेरिकाका नागरिकहरुको मृत्यु हुने पक्कापक्की भएको छ । हालको दैनिक मृत्युदर , गम्भिर विरामीको संख्या र दैनिक संक्रमित हुनेको संख्याले सो कुराको पुष्टि गरेको छ । अमेरिकामा केही बेरअघिको रेकर्ड अनुसार एकै दिनमा २ हजार ३७ जनाको मृत्यु भएको छ । योसंगै अमेरिकामा हालसम्म १८ हजार ७ सय १९ जनाको मृत्यु भईसकेको छ । अमेरिकामा १० हजार ९ सय १६ जना सो भाइरसको संक्रमणका कारण गम्भिर विरामी परेका छन् । एक दिनमा ३३ हजार ४ सय ८३ जनामा संक्रमण देखिएको छ । योसंगै अमेरिकामा सबैभन्दा बढी ५ लाख २ हजार ४९ जना मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यो रेकर्डलाई हेर्दा कोरोना संक्रमण बढी फैलिएको र बढी नागरिकको मृत्यु हुने देश इटालीलाई अमेरिकाले उछिन्ने पक्कापक्की भएको छ ।

  २४ घण्टामा फ्रान्समा ९ सय ८७ जनाको मृत्यु भएको छ । फ्रान्समा हालसम्म १३ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा पनि उपचार गराईरहेका ७ हजार ४ जना बिरामीको अवस्था गम्भिर रहेको छ । एक दिनमा ७ हजार १ सय २० नयाँ संक्रमित थपिएका छन् । बेलायतमा एक दिनमा ९ सय ८० जनाको मृत्यु भएको छ । सो देशमा उपचार गराईरहेका १ हजार ५ सय ५९ जनाको अवस्था गम्भिर रहेको छ । बेलायतमा हालसम्म ८ हजार ९ सय ५६ जनाको मृत्यु भइसकेको छ । सो देशमा एक दिनमा ८ हजार ६ सय ८१ जना नयाँ विरामी थपिएका छन् ।
स्पेनमा ६ सय ३४ थप मानिसको मृत्यु भएको छ । उपचार गराईरहेका ७ हजार ३ सय ७१ जनाको अवस्था गम्भिर छ । सो देशमा ५ हजार ५१ नयाँ संक्रमित थपिएका छन् । इटलीमा ५ सय ७० थप मानिसको
मृत्यु भएको छ । सो देशमा उपचार गराईरहेका ३ हजार ४ सय ९७ जना विरामीको अवस्था गम्भिर रहेको छ । इटलीमा नयाँ संक्रमित ३ हजार ९ सय ५१ थपिए । बेल्जियममा थप ४ सय ९६ जनाको मृत्यु भएको छ । उपचार गराईरहेका १ हजार २ सय ७८ जना विरामीको अवस्था गम्भिर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।