धरानः लकडाउनको मौका छोपेर धरान स्थित सर्दु जलाधार क्षेत्रको जंगल फडानी गर्ने २५ जनालाई घरेलु हतियार सहित शसस्त्र प्रहरीले पक्राउ गरेको छ । अन्य धेरै भाग्न सफल भएको शसस्त्र प्रहरीले जनाएको छ ।
जंगल फडानी बढीहरेको सूचनाका आधार शनिवार बिहान शसस्त्र प्रहरीको एक टोलीले सो क्षेत्रमा अप्रेशन गरेको थियो । सो क्रममा धरानको वडा नं १३ र ४ मा पर्ने जलाधार क्षेत्रबाट उनिहरुलाई घरेलु हतियार र फडानी गरि ल्याएका काठ दाउरा सहित पक्राउ गरेको हो । दैनिक रुपमा धरान १३ फुस्रे, ओशो पार्क हुदै वडा नं २०, १३ र ४ वडाको जंगलमा दाउरा काट्न जानेहरुको घुँइचो लाग्ने गरेको सूचनाका आधारमा शनिवार बिहान सशस्त्र प्रहरीले जंगलमा अप्रेशन गरेको थियो ।
अप्रेशनका क्रममा ३० भारी दाउरा र बञ्चरो, दाउ, खुर्पा, खुकुरीलगायत थुप्रै घरेलु हतिरयारहरु पनि वरामद गरिएको सशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । ’डिएसपी श्रेष्ठले भने– ‘बिहानभरि अप्रेशन थियो, कति हामीलाई देखेपछि भागे । कतिलाई लखेटेर छेकेर समात्यौं , मान्छेलाई ३ घण्टाजति सर्दु बगरमा राख्यौं, उठबस गरायौं र एक पटकलाई छोड्यौं ।’ घरेलु हातहतियार र दाउरा भने जफत गरेको उनले बताए ।