इटहरीः लकडाउनका समयमा कोही भोकै नपरुन भन्ने उद्धेश्यले महिला अधिकारको क्षेत्रमा कार्यरत महिला आधारशिलाले काठमाण्डौं महानगरपालिका र गोकर्णेश्वर नगरपालिकामा राहत वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएसंगै लकडाउन भएकोले सो संस्थाले एकल  महिला, गर्भवती तथा सुत्केरी महिला , शारिरिक रुपमा अशक्त भएकाहरु , दैनिक रुपमा ज्यालादारी गरेर खाने र अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
एकल  महिला, गर्भवती तथा सुत्केरी महिला , शारिरिक रुपमा अशक्त भएकाहरुलाई राहत दिने बिषयमा अन्य निकायको ध्यान त्यती जान नसकेको अवस्थामा महिला आधारशिलाले त्यस्ताको पहिचान गरि राहत वितरण गरेको बताइएको छ । 
महिला आधारशिलाले शुरुमा ३ सय परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ लिटर खानेतेल र १ किलो नुन राहत स्वरुपमा प्रदान गरेको महिला आधारशिला काठमाण्डौं केन्द्रिय अध्यक्ष रेणु शर्माले जानकारी दिएकी छन् ।
पछिल्लो समय काठमाण्डौं महानगर र गोकर्णेश्वर नगरपालिकाले राहत वितरण एकद्धार प्रणालीबाट गर्ने जनाए अनुसार बाँकी ९ सय ३१ परिवारलाई पुग्ने राहत सामाग्री महानगर र नगरपालिकाको रोहवरमा वितरण गरिएको उनले बताइन् । संस्थाले महानगर र नगरपालिकालाई एकमुष्ट राहत दिएको र सोहीबाट  १२ सय ३१ परिवारलाई वितरण गरिएको उनले बताइन् । राहत वितरण कार्यक्रमलाई महानगर र नगरपालिकाको समन्वयमा निरन्तरता दिइने आधारशिलाकी अध्यक्ष शर्माले जानकारी दिएकी छन् ।

 

92022496_653551255465700_6005872848416014336_n 92755409_2835883999814645_3452599934375690240_n 92685228_849299585569498_8235150210083323904_n 93292124_263726458123039_5031890732311379968_n 92564722_2851464311638782_6206727539474300928_n