इटहरीः कोभिड १९ को संक्रमण कारण अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार कटेको छ । अमेरिकामा हालसम्म २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार विगत २८ घण्टामा ३० हजार ३ जना बिरामी थपिएका छन् । अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको मृत्यु भएको छ । यो देशमा ११ हजार ४ सय ७१ जना बिरामी गम्भिर छन् । अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ८ सय ७९ जना संक्रमित भएका छन् । ३० हजार ४ सय ५३ जना निको पनि भएका छन् । 

कोभिड १९ बाट संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्यामा सबैभन्दा अगाडी अमेरिका देखिएको छ । संक्रमितको संख्या र गम्भिर बिरामीको संख्या प्रतिदिन बढीरहेकाले अमेरिकामा मृत्यु हुनेको संख्या अनुमान गर्न नसकिने गरि बढ्ने त्यहाँका विज्ञहरुले बताएका छन् ।

अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा ९ सय १७ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ९ हवार ८ सय ७५ पुगेको छ। वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ८ सय २२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, ४ लाख ४ हजार २९ जना उपचारपछि निको भएका छन्।

Kolkata
भारतमा संक्रमितको संख्या आठ हजारमाथि
नेपालसंग सिमा जोडिएको भारतमा संक्रमित हुने संख्या प्रतिदिन बढीरहेको छ । अलिहेसम्म भारतमा ८ हजार ४ सय ४६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । भारतमा २ सय ८८ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट भारतको महाराष्ट, तेलागं, कर्नाटाँक, दिल्ली, बिहार, उत्तर प्रदेश लगायत क्षेत्रमा यसको संक्रमण बढी देखिएको छ । मृत्यु हुनेहरु पनि सोही क्षेत्रका बढी छन् । भारतमा प्रतिदिन कोभिड १९ का कारण संक्रमण हुने र मृत्यु हुनेको ंसंख्या बढ्दै गएकाले लकडाउन थपिने निश्चित भएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् । यता नेपालमा पनि छिमेकी मुलुक भारतमा कोभिड १९ को संक्रमण फैलदो भएकाले थप केही दिन लकडाउन लम्बाउनुको बिकल्प नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सात प्रदेशका मुख्यमन्त्रीहरुसंग भिडियो छलफलमा बताइसकेका छन् । नेपालका भारतीय सिमा जोडिएका अधिकांश जिल्लाहरुमा सुरक्षा व्यस्ता अत्यन्तै कडा पारिएको छ ।