रामधुनी: सुनसरीमा आईतबार एक बालकले आत्महत्या गरेका छन । रामधुनी ५ भमरी चोकका राजु श्रेष्ठका छोरा १२ बर्षीय उत्सव श्रेष्ठले आफ्नै घरमा आत्महत्या गरेका हुन ।
उनले घरमा कोही नभएको अबस्थामा कोठा भित्र झ्यालको ग्रिलमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले जानकारी दिए । झुण्डिएका बालक के कारणले आत्महत्या गरे भन्ने अनुसन्धान भईरहेको छ इन्स्पेक्टर अधिकारीले बताए ।
१२ बर्षका बालक ५ कक्षामा पढ्दै आएका थिए ।
उनको शबको पोष्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।