इटहरीः ओखलढुंगाको खिजिदेवा ३ चण्डेश्वरी बस्ने ५२ वर्षीया अलोकमाया सुनुवारको भीरबाट लडेर मृत्यु भएको छ । आइतबार बिहान साढे १० बजे चण्डेश्वरीस्थित गोरेटो बाटोमा हिँडिरहेको अवस्थामा उनी एक्कासि लडेर ५० मिटर खसकेकी थिइन् । तल ढुंगामा ठोक्कएर सुनुवारको घटनास्थलमै मृत भएको थियो। भीरबाट लडेर मृत्युु भएको भनी स्थानीयले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
उता हेटौडाको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा चैत १ गते स्थानीयबीच भएको झगडामा घाइते जीतबहादुर पाख्रिनको गएराति मृत्यु भएको छ। स्थानीयबीच झगडा हुँदा घाइते ४० वर्षीय जीतबहादुरको ललितपुरस्थित एक अस्पतालमा उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन पाठकले जानकारी दिएका छन्। ईन्द्रसरोवर गाउँपालिका–४, भित्तेगोठमा स्थानीयबीच झगडा भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा चैत २५ गते उजुरी परेको थियो। उजुरीलगत्तै झगडामा संलग्नमध्ये प्रदीप डिम्डुङलाई चैत २५ गते इन्द्रसरोवर गाउँपालिकाबाटै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।