इटहरीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० निवासी एक ६० बर्षीया बृद्धालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको १३ जना पुगेको छ । १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए। उनी परिवार सहित वीरगञ्जबाट फर्किएको बुझिएको छ ।
प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ उनीहरु सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
आइतवार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो। नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन्।
र्यापिड टेस्टकाे विश्वसनियतामाथि प्रश्न चिन्ह खडा
आइतबार तीन जनामा कोरोना पुष्टि भएको बीरगञ्जमा १५ दिन अगाडि पुगेर फर्किएकी कैलालीको लम्किचुहा नगरपालिकाकी ६० बर्सिया महिलाकाे र्यापिड टेस्टमा कोरोना नेगेटिभ देखिएको थियो ।
लम्किचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई चैत २८ गते घर पठाइएको थियो । उनको थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा स्वाब पठाएकोमा पोजेटिभ देखिएको लम्किचुहा अस्पतालका प्रमुख डा.प्रकाश तिमिल्सिनाले जानकारी दिए ।
उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।
कोरोना पोजेटिभ देखिएपछि ती महिलालाई सेती प्रादेशिक अस्पताल पठाउने तयारी भएको छ । यो सँगै कैलालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ भने देशभरि १३ पुगेका छन् ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ। उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
चीनबाट ल्याइएको र्यापिड टेस्ट किटको विश्वसनीयतामा प्रश्न उठिरहेको बेला कैलालीमा र्यापिड टेस्टमा नेगेटिभ देखिएको महिलाको स्वाव प्रयोगशालामा पोजेटिभ देखिएपछि झनै अन्यौल बढेको छ । ती महिलासँगै विरगञ्जबाट फर्किएका १७ जनाको भने र्यापिड टेस्टमा र प्रयोगशालामा पनि नेगेटिभ नतिजा आएको बताइएको छ ।
र्यापिड टेस्ट र पिसिआर परीक्षणको लागि धनगढीबाट स्वास्थ्यकर्मीको टोली उनीहरू बसेको क्वारेन्टिनमा पुगेका थियो। बिरगञ्जबाट फर्किएका उनीहरु आ–आफ्नो घर पुगेकोमा लम्कीचुहा गाउँपालिकाले त्यसको जानकारी पाएपछि क्वारेन्टाइनमा पठाएको थियो ।
क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट चैत २८ गते परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई चैत २८ गते घर पठाइएको थियो । ती महिला भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।
कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो । यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर, पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।यो घटनासंगै र्यापिड टेष्टको नतिजा माथि प्रश्न चिन्ह खडा भएको छ । हाल नेपालका बिभिन्न स्थानमा भएका र्यापिड टेष्ट मेशिन विवादित ओम्नी समूहले ल्याएको सो कम्पनीले बताउदै आएको छ ।