इटहरीः राहत वितरणमा आफुहरुलाई भेदभाव गरेको भन्दै इनरुवा ८ को दलित बस्तीमा वडाअध्यक्ष कुटिएका छन् । राहत वितरणका लागि सो बस्ती पुगेका सोही वडाका वडाअध्यक्ष रविन्द्र मण्डल कुटिएका हुन् ।
उनलाई स्थानीयले चारै तर्फबाट घेरा हाल्दै राहत वितरणमा भेदभाव गर्ने भन्दै कुटपिट गरेको घटना स्थलमा रहेका इनरुवाका पत्रकार अम्मर काफ्लेले बताए ।
राहत वितरणको तयारी हुदै गर्दा स्थानियहरुले वडाअध्यक्ष रविन्द्र मण्डललाई चारै तर्फबाट घेरा हालेर लाती मुक्काले हिर्काएका थिए । आफुले राहत लिएर वस्तीमा आएपछि हुने खाने धनी मानीहरुले राहत मागेकाले गरिव अतिविपन्नलाई मात्र दिने बताएपछि केही मानिसहरुले हातपात गरेको वडाअध्यक्ष मण्डलले बताए ।
स्थानियहरुले कुटपिट सुरु गरेपछि प्रहरीले तत्कालै वडाअध्यक्षको सुरक्षाका लागी प्रहरी पठाएपछि स्थित नियन्त्रणमा आएपनि दुईपक्षिय झडपको स्थिती रहेको स्थानियहरुले बताएका छन ।