इटहरीः २८ दिनअघि बेलायतबाट काठमाण्डौंको पेप्सिकोला आएका एक परिवारका ३ सदस्यमा कोरोना संक्रमणको र्यापिड टेष्टमा पोजेटिभ देखिएको छ । कोरोना संक्रमण परिक्षणमा रिर्पोट पोजेटिभ देखिएसंगै सो परिवारका ३ सदस्यलाई पाटन अस्पताल भर्ना गरिएको छ ।
सो परिवार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका थिए । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।
अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि मात्र बेलायतबाट आएका हुन् । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको हो ।
सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । सनसीटीमा बस्ने एकजनाले भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन् कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त अस्पताल लगिएछ ।’ तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको बताइएको छ । ३ जनामा कोरोना संक्रमणको रिर्पोट पोजेपटभ आएको खबर बाहिर आएपछि सो क्षेत्रका बासिन्दाहरु त्रसिद भएका छन् । प्रहरीले सो क्षेत्र शिल गरि उनिहरु कस कसको सम्पर्कमा गएका थिए र उनिहरुकोमा कहाँ कहाँबाट को को आएका थिए भन्ने कुराको खोजीमा प्रहरी लागेको बताइएको छ ।