इटहरीः जोगवनी नाकाबाट मोरङको विराटनगर र सुनसरीको इटहरी, इनरुवा हुदै सप्तरीबाट पर्सासम्म पुगेको खुल्न आएको छ । नेपाल प्रवेश गरेका मुस्लीम धर्मगुरुहरु पहिला विराटनगरका केही मस्जिदहरुमा आश्रय लिएर बसेको बुझिएको छ । त्यसपछि उनिहरु सुनसरीको इटहरी हुदै इनरुवा पुगेका थिए । सुनसरीका विभिन्न मस्जिदहरुमा पनि केही समय बसेका उनिहरु सप्तरीको राजविराज गएका थिए । त्यहाँबाट प्रशासनको समेत पास लिएर पर्सासम्म पुगेको खुल्न आएको छ ।
आइतबार पर्सा जिल्लाको विरगञ्ज रहेको एक मस्जीदमा आश्रय लिएर बसेका तिन जना मुस्लीम धर्मगुरुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको कनेक्सन मोरङको विराटनगर र सुनसरी सदरमुकाम इनरुवामा कनेक्सन रहेको खुलेको हो ।
नेपाली सेना र नेपाल प्रहरीले कोरोना सक्रमितहरुका बारेमा गरेको अनुसन्धानका क्रममा उनीहरु भारतको दिल्ली र उत्तर प्रदेशबाट बिहारको फारबिसगन्ज हुँदै पुनः जोगवनी नाकाबाट नेपाल प्रवेश गरेको तथ्य खुलेको छ ।
जोगवनीबाट विराटनगर हुँदै सुनसरीको दुहवीमा आएर मस्जीदमा आश्रय लिएका उनीहरु केही दिन दुहवीमा बसेपछि सदरमुकाम इनरुवामा रहेको एक मस्जीदमा हप्ताबढी आश्रय लिएका थिए । उनिहरुले सो मस्जिदमा करिब एक साता आश्रय लिएका थिए । इनरुवाबाट साता दिनपछि सप्तरीहुदै रौतहटबाट वीरगञ्जतर्फ गएको खुलेको अनुसन्धानमा खटिएका सुरक्षाअधिकारीहरुले बताएका छन् ।
उनीहरूले प्रहरीलाई सप्तरीमा भएको धार्मिक सम्मेलनमा आएपछि नेपाल बस्दै आएको दावी गरेपनि प्रहरीले उनीहरुले गरेको दावी अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले सत्य नजिक नरहेको बताएका छन् ।
मुस्लिम सम्मेलनबाट उनीहरूले नेपालमा बस्दै आएको बताएपनि भारतमा भएको तवलिगि जमातको भेलामा उनीहरु दिल्ली गएर पुनः नेपाल आएको तथ्य नजिक पुगेका सुरक्षा निकायले नेपाली सेना र प्रहरीका विशेष टोलीले थप अनुसन्धानमा जुटेको बताइएको छ ।
उनीहरू पर्साको सुगौलीलगायत तीनवटा मस्जिदमा पनि बसेको भेटिएको छ । चैत ११ बाट देशभर लकडाउन घोषणा गरेपछि चैत १३ गते पर्साको सुगौलीस्थित मस्जिदबाट वीरगन्ज छपकैयास्थित मस्जिद प्रवेश गरेको भेटिएको छ । उक्त मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका तीन जनासहित २९ जना एकैपटक गएका थिए ।
सुरक्षा निकायका एक अनुसन्धान अधिकृतले भने आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना फारबिसगन्जबाट जोगवनी रानी भन्सार हुँदै नेपाल भित्रिएका भारतीय मुसलमानको समूहमा आएपछि सुनसरीको दुहबी, इनरुवा, सप्तरीको राजविराज तथा आसपास हुँदै वीरगन्ज आएको देखिन्छ ।
तिन जनामा कोरोना सक्रमण पुष्टी भएपछि सुनसरीदेखी पर्सासम्म उनीहरु बसेको मस्जीद र उनीहरुलाई भेट गरेका, सगै उठबस गरेकाहरुलाई कोरोना सक्रमणको जोखिम बढेकाले प्रहरीले यसको तथ्य नजिक पुग्न अनुसन्धानलाई गम्भीर रुपमा अगाडी बढाएको ती अनुसन्धान अधिकृतको भनाई छ ।