इटहरीः नेपालमा पनि कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भइरहेकाले केही समय लकडाउन थपिने भएको छ । यसअघि सरकारले पछिल्लो समय भोलि अर्थात बैशाख ३ गतेसम्मलाई लकडाउन लब्याउने निर्णय गरेको थियो । अहिले बिहान ११ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अब एक साता लकडाउन बढाउने तयारी गरिएको बालुवाटार श्रोतले जनाएको छ ।
अप्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको हो । सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ। मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको बुझिएको छ ।
विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यस पछि दुई पटक थपिएको लकडाउनको समय भोलि सकिँन लागेको छ। हिजो मात्रै नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रिमित हुनेको संख्या १४ पुगेको छ। पहिलो पटक चीनबाट आएका एक युवामा देखिएको संक्रमण अहिले देशका विभिन्न जिल्लामा देखिएको छ। कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश(२ मा चार जना र काठमाडौंमा दुई जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्। यसैबीच हिजो मात्रै काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना आशंका गरिएको छ। एकैघरका तीनजना सदस्यको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।