इटहरीः सुनसरीको हरिनगरामा शंकास्पद अवस्थामा प्रहरी फेला पारेको १५ जना भारतीय नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । चैत्र २८ गते सामाजिक बिकास मन्त्रालय प्रदेश १ र कोशी अञ्चल अस्पतालको चिकित्सकको टोलीले उनिहरुको (आरटिडी) र्या्पिड टेष्ट गरेका थिए । उनिहरुको रिर्पोट हिजो अर्थात सोमबार नेगेटिभ आएको छ ।
उनिहरु करिब डेढ महिना अघि सप्तरी हुदै हरिनगर आएका थिए । स्वास्थ्यकर्मीले उनिहरु सबैलाई हरिनगरको जामा मस्जिदको सेल्फ क्वारेन्टाइनमा राखेका थिए ।
यस्तै हरिनगर गाँउपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका १९ जनाको रिर्पाेट पनि नेगेटिभ देखिएको छ ।
हरिनगर गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापाका अनुसार पहिलो चरणमा ३४ जनाको आरटिडी टेष्ट र ५ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको जानकारी दिए ।
‘बिदेशबाट फर्किएका केही व्यक्तिहरु होम क्वारेन्टाइनमा छन्, उनिहरुसहित जम्मा हरिनगरमा ९७ जना क्वारेन्टाइनमा छन्’ उनले भने ‘पहिलो चरणमा ३४ जनाको परिक्षण भयो अब बाँकी ६३ जनाको परिक्षण केहीदिन भित्रै हुनेछ’ ।
१५ जना भारतीयको हकमा भने उनिहरुलाई अझै क्वारेन्टाइनमा राखिने र दुई चरणमा अझै परिक्षण गरिने थापाले बताए ।
हरिगर गाँउपालिका भारतीय सिमासँग जोडिएकाले यहाँ शंकाष्पद सबैलाई तत्कालै आरटिडी टेष्ट गरिने योजना अनुसार काम भइरहेको उनको भनाई छ ।