इटहरीः बेलायतबाट २८ दिनअघि काठमाण्डौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट आएका एकै परिवारका दुई जना सदस्यमा कोभिड १९ को संक्रमण भएको पुष्टि भएको छ । उनिहरुलाई हिजो कोभिड १९ को शंका गरि पाटन अस्पताल भर्ना गरिएको थियो ।
सो अर्पामेन्ट बस्ने एक परिवारका आमा, छोरा र बुहारीलाई अस्पताल भर्ना गरि स्वाब टेष्टका लागि टेकु पठाइएको थियो । थ्रोट स्वाब रिर्पोटमा छोरा र बुहारीको रिर्पोटमा कोभिड १९ पोजेटिभ रिर्पोट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । आमाको भने रिर्पोट आउन बाँकी रहेको छ । यो संगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या १६ पुगेको छ । 
अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । केही समयअघि सो अपाटमेन्टमा एक चुनावी कार्यक्रममा २ सय बढी भेला भएका थिए । जहाँ सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा समेत सहभागी भई चुनावमा निर्वाचितहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।