इटहरीः दुई जनालाई कोभिड १९ भएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले काठमाण्डौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ ।
दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि अर्पामेन्टलाई सिल गरेर त्यहाँ बस्ने अन्य व्यक्तिहरुमा कोरोना भए नएको परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको छ । मन्त्रालयले आफ्नो आधिकरीक फेसबुक पेंजमा सूचना हाल्दै यस्तो जानकारी दिएको हो ।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट २९ दिनअघि आएर बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले फेसबुक मार्फत जनाएको छ ।
आइतबार्र यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा त्यस परिवारको तीनै जनामा कोरोना संक्रमण देखिएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो । अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ । एकै परिवारका तीन सदस्यलाई कोरोना भाइरसको संक्रमणको लक्षण देखिपछि बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्न स्वाब टेकु पठाइएको र त्यहाँ पनि रिर्पोट पोजेटिभ नै आएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोभिड १९ संक्रमण देखिनेको संख्या १६ पुगेको छ ।