इटहरीः भारत र दुबईबाट आएका काभ्रेका दुई युवामा कोरोना पोजेटिभ देखिएको छ । मंगलवार काभ्रे र धादिङमा गरिएको र्यापिट टेष्टमा सो रिर्पोट आएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारीक पुष्टि भनेको गरिसकेको छैन् ।
गत चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको हो । युवक भारतको गोवाबाट गत चैत ८ गते तीन जना साथीसँग घर आएको बताइएको छ । उनका दुई जना साथीको नतिजा भने नेगेटिभ आएको छ ।
काभ्रेका दुई युवामा कोरोनाको एन्टिबडी देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको धुलिखेल ३ का वडाध्यक्ष दिलबहादुर तामाङले बताए ।
गत चैत ७ गते दुबईबाट आएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा पनि र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको हो । उनलाई पनि धुलिखेल अस्पताल पठाइएको वडा अध्यक्ष तामाङले बताए ।
ती युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए । त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।
दुबैजना नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर कुनै लक्षण नदेखिएपछि घर गएको बुझिएको छ ।
उता धादिङको ज्वालामुखी गाउककँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकका र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएको खुलेको छ ।

उनीहरुलाई थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएका छन् । फागुन २० मै नेपाल आएका उनलाई चैत २÷३ गते नै ज्वरो आएको भएपनि वास्ता नगरी बसेको पाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।