इनरुवाः लकडाउनमा बाटोमा अलपत्र परेका रामधुनी नगरपालिकाका तीन दर्जन मजदुरलाई घर फिर्ता ल्याउन सवारी चलाएको अभियोगमा सुनसरी प्रशासनले रामधुनी नपाका सवारी चालकलाई पक्राउ गरेको छ ।
लकडाउनका समयमा सवारी साधन बन्द भएपछि काठमाण्डौदेखि सुनसरीतर्फ हिड्दै आएका ३५ जना मजदुरहरु केही दिनदेखि सिरहाको मर्चैयामा अलपत्र परेर बसेपछि रामधुनी नगरपालिकाले झुम्कामा रहेको क्वारेन्टाइनमा राख्ने गरी मंगलवार उनीहरुलाई घर ल्याउन टिप्पर पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सहायक प्रमुख जिल्ला अधिकारीले मजदुरहरुलाई झुम्कासम्म ल्याउनका लागि नगरपालिकाको टिप्पर लैजान अनुमति दिएका थिए ।
टिप्परमा मजदुर राखी सुनसरी आएको रामधुनी नगरपालिकाको उक्त सवारी साधन र मजदुरहरुलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मानवीय संवेदना र स्थानीय तहको आग्रहलाई बेवास्ता गर्दै कोशी व्यारेजबाट प्रवेश नगराउन जिल्ला प्रहरी कार्यालय सुनसरीलाई निर्देशन दिएका थिए ।
जुन आदेशका कारण यसरी घर नै फर्किएर नगरपालिकाको क्वारेन्टाईनमा बस्ने गरी आएका मजदुरहरु दिउँसो करिव तीन घण्टासम्म कोशी व्यारेजमा रोकिएका थिए ।
राजनीतिक दलको दवावमा छाडिएपछि इनरुवा अस्पतालबाट स्वास्थ्य परिक्षण गरि झुम्कामा रहेको क्वारेन्टाइनमा लगिएको थियो ।
मजदुरलाई झुम्कासम्म ल्याउनका लागि रामधुनी नगरपालिकाका जनप्रतिनिधिहरुले आदेश दिएर टिप्पर चलाएर गएका सवारी चालक मदन लामालाई भने प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले प्रहरीलाई पक्राउ गर्न आदेश दिएर थुनामा राखेका छन ।
मंगलबार सुनसरी ल्याईएका मजदुरहरु रामधुनी नगरपालिका ५ का ५ जना, रामधुनी २ धमौरा, धमौरी र कुम्याहीका १६ जना र बराहक्षेत्र नगरपालिका ८ सालबन्दीका १४ जना रहेका छन ।
स्थानीय सरकार र स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाईन बस्ने सर्तसहित घर फर्किएकालाई रोकेर रवाफ देखाउने प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल–भारत सीमा नाकाबाट सुनसरी आउनहरुलाई रोक्न नसकेको, सुनसरीमा भारतको दिल्लीबाट आएर लुकीछिपी बसेका विदेशी नागरिकहरुको बारेमा सूचना नराखेको, लकडाउनका समयमा सीमा नाकाबाट रातको समयमा अवैध रुपमा मालसामानहरु ओसारपसार हुँदासमेत सीमामा कडाई नगरे आरोप राजनीतिक दलका नेताहरुले लगाएका छन ।
नेकपाका केन्द्रीय सदस्य धर्मराज निरौलाले प्रमुख जिल्ला अधिकारीले भारतबाट अबैद्य रुपमा दैनिक भित्रिरहेकाहरुलाई नियन्त्रण गर्न नसकेको अपजसलाई छोप्न यताउताबाट आउनेहरुलाई अनावश्यक रुपमा दुःख दिन लागेको आरोप लगाए ।
उनले जिम्मेवार राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुले क्वारेन्टिनमा राख्ने राख्ने ब्यवस्थासहित उनीहरुको तीन पुस्ते विवरण तयार पारेर ल्याउन आग्रह गर्दा सीडीओले नमान्नु र ल्याएपछि नगरपालिकाका चालकलाई पक्राउ गरेर थुनामा राख्नु दुखद भएको तर्क गरे ।
सिरहाको मिर्चैयामा अलपत्र परेका रामधुनीका मजदुरलाई सवै राजनीतिक दल जनप्रतिनिधिहरुको सहमतिमा झुम्कासम्म ल्याएर क्वारेन्टाइनमा राख्ने निर्णय ३५ जना मजदुरलाई ल्याउन पठाएको टिप्परका चालकलाई पक्राउ गरेपछि रामधुनी र बराहक्षेत्रका जनप्रतिनिधिहरुले आदेश दिने मेयर, उपमेयर र वडाअध्यक्षलाई पक्राउ गर्न चुनौती दिदै प्रमुख जिल्ला अधिकारी पौडेलले बिना कारण सवारी चालकलाई थुनामा राखेको भन्दै आपत्ती जनाएका छन ।
चैत्र २६ गते काठमाडौबाट हिडेका आफूहरुका नागरिक सडकमा अलपत्र परेपछि आफूहरुले गाडी पठाएर उनीहरुको उद्धार गर्न प्रमुख जिल्ला अधिकारीलाई पटक पटक आग्रह गर्दा नमानेपछि बराह र रामधुनी नगरपालिकाले गाडी पठाएर मर्चैयाबाट उनीहरुलाई उद्दार गरेर ल्यायौ जाने बेला गाडि जान दिए आउँदा अनावश्यक दुखलाई आउन नदिन र चालकलाई पक्राउ गरेको घटनाल प्रमुख जिल्ला अधिकारीको नियत ठिक नदेखिएको रामधुनीका वडाध्यक्ष डेगराज फुयालले गुनासो गरे ।
काठमाडौबाट हिडेर आएकालाई मर्चैयाको बन्दीपुरमा स्थानीयले सोमबार त खाना खुवाए, त्यसपछि खान नपाएर अलपत्र अवस्थामा थिए । यस्तो अवस्थामा मानवीयता नदेखाउनु सीडीयोको संबेदनहिनता हो । उनले भने ।