विराटनगरः सुन तस्कारी र संगठित अपराधमा पक्राउ परि थुनामा रहेका निलम्बित एसपी विकासराज खनाललाई विराटनगर उच्च अदालतले अाज थुनामुक्त्त गर्न आदेश दिएकाे छ ।
न्यायधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको संयुक्त्त इजलासले जिल्ला अदालत मोरंगको आदेशलाई उल्टाउँदै साधारण तारेखमा छाड्न अादेश दिएकाे हाे । यसअघि निलम्बित एसएसपी दिवेश लोहनी तथा डिएसी प्रजित केसी र गोरेका सहयोगी भनिएका रामुकमार तिवारीलाई पनि थुनामुक्त्त गर्न उच्च अदालतले आदेश गरिसकेको छ ।
शुक्रबार मात्र एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा रिहा भएका थिए भने आइतबार अदालतले अर्का अभियुक्त डिएसपी प्रजित केसीलाई पनि रिहा गर्न आदेश दिएको थियो।
उच्च अदालतमा निबेदन गर्नेहरु मध्ये हालसम्म लाक्पा शेर्पा , सम्बिरप्रसाद तोलांगे, महाबिर गोल्यान, टेकराज मल्ल ,हेमन्त गौतम, राजनकुमार , पुण्यप्रसाद लामा , राजन थापा, बिष्णुबहादुर खडका , डिएसपी सञ्जयबहादुर राउत, अम्मरबहादुर थापा र , तुलाराम थारुलाई थुनामै राखेर पुर्पक्ष गराउन उच्च अदालते आदेश गरिसकेको छ ।
अन्य २० जनाको हकमा भने अदालतकाे आदेश अाउन बाँकि छ ।