धरानः कोरोना संक्रमणबाट नेपाललाई कसरी जोगाउन सकिन्छ ? लकडाउनको समयमा श्रमिक वर्ग र अति विपन्नलाई कसरी पेंट भराउन सकिन्छ ? संक्रमित भईहाले बिरामीलाई कसरी बचाउन सकिन्छ ? लकडाउनका कारण दिनप्रतिदिन बिग्रदै गरेको अर्थतन्त्रलाई कसरी माथि उकास्न सकिन्छ ? जस्ता थुप्रिएका प्रश्नहरुको चिन्ता बोकेर देशकै राज्य संयन्त्र हिडिरहेको बेला धरान सरकारका एक जिम्मेवार अधिकृत भने आफ्नै छोरालाई समेत चिन्न नसक्ने गरि मदिरा खाएर नालीमा लडेका छन् । उनलाई चिन्ने प्रहरीले रातभर धरानको भानुचौंक स्थित वडा कार्यालयमा राखेर सुरक्षा प्रदान गर्नु परेको छ ।
त्यसरी गति नै छाडेर मुलुक नै संकटमा परेका बेला आफ्नो पद र जिम्मेवारीलाई तिलान्जली दिएर होसनै गुमाउने गरि मदिरामा लठ्ठीले व्यक्ति हुन्, धरान उपमहानगरपालिका कार्यालयका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडा । अचेत भई नालीमै लड्ने गरि मदिरा सेवन गरेका उनलाई चिन्ने प्रहरीले भेटेर इज्जत जान्छ भन्दै बुधबार रातभरी वडा प्रहरी कार्यालय धरानमा राखिएको थियो ।
सूचना अधिकारी जस्तो जिम्मेवारी पदमा बसेका खतिवडा यो महासंकट र महामारीका बेला २४ सै घण्टा ठिक अवस्थामा हुनु पर्छ । उनले त नगरभरीका जनतालाई जुनै पनि बेला सहि सूचना प्रवाह गर्नु पर्न हुन्छ । संचारकर्मीहरुसंग जुनै पनि बेला जुनै पनि बिषयमा कुराकानी गर्नु पर्ने हुन्छ । धरान उपमहानगरले कोरोना संक्रमण फैलन नदिन गरेका कार्यहरु, लकडाउनका बेला श्रम गरेर खाने र अति विपन्न वर्गका परिवारलाई धरान उपमहानगरले वितरण गरिरहेको राहतको अवस्था लगायतका बिषय उनि हर समय अपडेट रहनु पर्छ । तर, संकटको समयमा यस्ता कुनै पनि कुराको ख्याल नै नगरि सडक पेंटीको नालीमै लड्ने गरि मदिरा पिएर आफ्नो पद र स्थानीय सरकारको धज्जी उडाउने काम खतिवडाले गरेका छन् ।
घटना विवरण अनुसार अधिकृत खतिवडा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि अत्यधिक मादक पदार्थ सेवन गरेर लडेको अवस्थामा भेटिएपछि वडा प्रहरी कार्यालयमा बुझाइएको थियो । प्रहरीले उनको मापासे जाँच पनि गर्यो ।
प्रहरीका अनुसार मान्छे नै पहिचान गर्न नसक्ने अवस्थामा मापासे गरेर सडकको नालीमा लडिरहेको अवस्थामा चिनेका प्रहरीले भेटिएपछि उनलाई प्रहरीले घरै पुर्याउन खोजेका थिए । तर उनले घर जानुको साटो सहयोग गर्ने प्रहरीलाई उल्टो दुव्र्यवहार गरेपछि उनलाई भानुचौंकको वडा प्रहरी कार्यालय पु¥याइयो । उनलाई बिहिबार बिहान आफन्त रोहबरमा छाडिएको छ । उनलाई रातको करिब साढे १० बजेको समयमा प्रहरीको मोबाइल टोलीले वडा प्रहरी कार्यालय लिएर आएको एक प्रहरीले बताए । खतिवडालाई सुरक्षाका लागि ल्याएको ती प्रहरीले बताए ।
बुधबार राती करिब साढे ९ बजेतिर खतिवडा अत्यधिक मादक पदार्थ सेवन गरेर धरान सरकारले दिएको मोटरसाईलमा भानुचौकबाट घरतिर आउदै थिए । धरान–१५ स्विमिङ पुललाइनमा रहेको घर आउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानभन्दा केही पश्चिम ग्यारेजको छेउको खाल्डोमा मोटरसाइकलको अघिल्तिरको चक्का पङ्चर भएको थियो । चक्का पङ्चर भएपछि मातेको शरिरले मोटरसाईकल नथामिएपछि उनि नालीमै लडेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर अञ्जन कोइराला भन्छन्–‘ ‘ग्यारेज अगाडिको खाल्डोमा अगाडिको टायर पङ्चर भएर लड्नु भएको रहेछ, म त सुतिसकेको थिएँ, हाम्रा केटाहरूले मोटरसाइकल ल्याएर कार्यालयमा राखिदिएछन्, मान्छेलाई वडामा पठाइदिएछन ।’
उठ्न नसक्ने गरी पिएका उनी लडिरहेकै अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक जवानले उठाउने प्रयास गरेका थिए । ती जवानले अधिकृत खतिवडालाई चिनेका कारण घर पुर्याइदिने प्रयास गरेका थिए । जान नमानेपछि ती जवानले मान्छेले देखे ‘लाज हुन्छ’ भन्दै ट्राफिक प्रहरी कार्यालयभित्र लाने प्रयास गरेका थिए । अधिकृत खतिवडाले उल्टो ट्राफिक जवानमाथि नै दुव्र्यवहार गरेका थिए । अचेत हुने गरी पिएका कारण उठ्न नसकेर उल्टो जथाभावी हात छाडेका थिए । त्यसपछि ट्राफिक प्रहरीले नै वडा प्रहरी कार्यालयलाई जिम्मा लगाएको थियो ।
वडा प्रहरी कार्यालयमा पु¥याएपछि आफन्तलाई बोलाएर जिम्मा लगाउने प्रयास पनि गरिएको थियो । उनको छोरो उनलाई लिन पुगेका थिए । तर, छोरालाई नै नचिन्ने अवस्थामा रहेका अधिकृत खतिवडालाई बाध्य भएर प्रहरीले हिरासतमा राख्नु परेको प्रहरीको भनाई छ ।
हिरासतमा राख्ने तयारी गरिएपछि भने उनको मापासे जाँच गरिएको थियो । प्रहरी स्रोत भन्छ, ‘मान्छे चिन्नै नसक्ने अवस्थामा भेटिएका थिएँ , खतिवडा ट्राफिक जवानमाथि नै दुव्र्यवहार गरेपछि बाध्य भएर वडा लानु परेको प्रहरीले जनाएको छ । आफन्तलाई बोलाएर जिम्मा पनि लगाउन खोजिएको थियो । तर, त्यो पनि सम्भव नभएपछि उनलाई मापसे जाँच गरेर सो रात हिरासतमा राखिएको वडा प्रहरी कार्यालय धरानका एक प्रहरीले बताए ।